ठाडाको श्री ज्योती माविका शिक्षकले बिद्यार्थीहरुसँग अवैध रकम असुलेको स्वीकार गरे

ठाडाको श्री ज्योती माविका शिक्षकले बिद्यार्थीहरुसँग अवैध रकम असुलेको स्वीकार गरे


अर्घाखाँचीडट्कम संवाददाता  

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ४ ठाडामा रहेको श्री ज्योती माध्यामिक बिद्यालयका एक शिक्षकले बिद्यार्थीहरुसँग अवैध रकम असुल्दै गर्दै आएको स्वीकार गरेका छन् । 

ठाडामा रहेको श्री ज्योती माध्यामिक विद्यालयका प्राधाध्यापक शंकर अर्यालले एक सुचना जारी गर्दै शिक्षक लाल वहादुर गुरुङले बिद्यार्थीहरुलाई करकाप र डर देखाउदै अवैध रकम असुल्दै गर्दै आएको भनी लागेको आरोपको स्वीकार गरेका हुन् ।

गुरुङले बिज्ञान बिषयमा प्राक्टिकल नम्बर बढि दिने भन्दै ५० रुपैयाँदेखि ५ हजारसम्म माग गर्ने गरेका बताइएको थियो । यस्तै गत बर्ष समेत उनले हरेक बिद्यार्थीसँग रु ५० र १०० रुपैयाँ उठाएका थिए ।

यस्तै शिक्षक गुरुङले ज्योती माविमा अध्ययन गर्ने बिद्यार्थीसँग कक्षा १० (एसईई) मा पास गराउने भन्दै ३० हजार उठाउने गरेको आरोप छ । उनले (एसईई) मा बि प्लस ल्याइदिने भन्दै २ जनासँग ६० हजार रकम लिएका थिए ।  उनले हल्ला भएपछि १ जनाको आईएमई गरी ठाडाबाट रकम फिर्ता गरेका थिए । 

विद्यालयका प्राचार्य शंकर अर्यालले सुचना जारी गर्दै भनेका छन्; "शिक्षकले रकम लिएको  स्वीकार गरेका छन् ।" शिक्षक गुरुङले लिएको रकम फिर्ता गराउने पनि बताएका छन् । तर शिक्षक गुरुङले अध्यापन गराउने कक्षा १० को बिज्ञान बिषयमा बिद्यार्थीको नतिजा हेर्दा गत एसईई परिक्षामा ७०  जना बिद्यार्थीमा इ ग्रेट ल्याउने मात्र ४८ जना रहेका थियो । 

अन्य समाचारहरु