ढाकावाङ र धारापानीमा प्राय पसलहरुले म्याद सकिएका तथा बिना मुल्य सुची सामाग्री बिक्री गर्दै

ढाकावाङ र धारापानीमा प्राय पसलहरुले म्याद सकिएका तथा बिना मुल्य सुची सामाग्री बिक्री गर्दै


कृष्ण परियार 

ढाकावाङ, अर्घाखाँची जेठ २५ ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका सम्पुर्ण बजार क्षेत्रको अनुगमन गरिएको छ । 


सोमबार र मंगलबार गरि बजार क्षेत्रमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा दैनिक उपभोग्य सामानहरुको मुल्यसुची नराखी सामानहरु बिक्रीवितरण गरिएको पाइएको छ । यस्तै विभिन्न सामानहरुको प्रयोग मिति समाप्त भै सकेको, उत्पादन मिति नै उल्लेख नभएको, मुल्यमा एक-रुपता नरहेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख  अधिकृत केशब सुनारले बताए । 


माहामारि तथा निशेधाज्ञाको समयमा सर्बसाधारण उपभोक्ता हरु नठगिउन भन्ने उदेश्यका साथ अनुगमन गरिएको प्रमुख अधिकृत  सुनारको भनाइ छ ।जिल्लाभरनै अनुगमन गरिने उनले  बताए  ।

भुमिकास्थान नगरपालिकाको वार्ड नम्बर १,२ ढाकावाङ र  ३, ४ धारापानीमा मंगलबार अनुगमन गरिएको छ । सोमबार नगरपालिकाका अन्य वडाहरुमा अनुगमन गरिएको थियो । भने यहाँका पसलहरुले मुल्य सुचीनै नराखिकनै दैनिक उपभोग्य सामाग्रीहरु बिक्री बिरतण गरेको भेटिएको छ । यस्तै विभिन्न सामानहरु प्रयोग मिति समाप्त भै सकेको, उत्पादन मिति नै उल्लेख नभएको पनि फेला परेको छ । 


बजारमा हुने कालो बजारी तथा मूल्यवृद्धि नियन्त्रणको लागि बजार  अनुगमनलाई तिब्रता दिइएको छ  । घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय सरकार , जिल्ला प्रशासन ,जिल्ला प्रहरी कर्यालय, उद्योग संघ लगायतको समन्वयनमा अनुगमन गर्ने गरिएको छ ।


अनुगमनमा घरेलु तथा साना उधोगका प्रमुख  अधिकृत केशब सुनार, घरेलु तथा साना उधोगका सूचना अधिकृत लक्ष्मिप्रसाद दाहाल , भुमिकास्थान नगरपालिकाका उप प्रमुख  खडानन्द बेलबासे,जिल्ला प्रशासन कर्यालयका प्रतिनिधि नारायण प्रसाद दमासे, भुमिकास्थान नगरपालिकाका उधोग अधिकृत शंकर अधिकारी,आले-प अधिकृत हिमा न्यौपाने ,राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखाका उपाध्यक्ष कृष्ण परियार, वडा नम्बर ४ का वडा अध्यक्ष बाबुराम पन्थी सुनार  ,वडा ३ का वडाअध्यक्ष बालकृष्ण बन्जाडे, वडा २ का वडा अध्यक्ष  बुद्धि बहादुर थापा  ,वडा १का वडा अध्यक्ष भोज प्रसाद खनाल ,प्रहरी प्रतिनिधि  धारापानीका प्रमुख  गोबर्धन  यादव , ढाकावाङका प्रहरी  प्रमुख मान बहादुर बस्नेत लगायतको  सहभागिता रहेको थियो । 

नगरको वडा ४ को मिलनचोक बाट सुरु भएको अनुगमन धारापानी ,उपल्लोपोखरा, रातामाटा ,खाकाबेशी ,ढाकावाङ ,राजिमे , भुमेकाथान, सिद्रपोखरा , ठुलाखर्कको चौतारामा  सम्पन भएको  छ । 

नगरको बजार  अनुगमन कार्यक्रमको समापन गर्दै  उप प्रमुख  खडानन्द बेलबासेले पहिलो चरणको अनुगमनमा गल्ती गर्ने ब्यापारीहरु लाई सम्झाइ बुझाइ छोडिएको र आगामी दिनहरुमा गल्ती सुधार नगरिए कार्बाही गरिने बताए । 


उप- प्रमुख बेल्बासेले अनुगमनको क्रममा भेटिएका र जफत गरिएका सामानहरुलाई नष्ट गरिने बताए ।

बेलबासेले सामानहरुको खरिद गर्दा सामानहरुको उत्पादन तथा प्रयोग गर्न सकिने मिति र मूल्य समेत हेरेर खरिद गर्न उपभोक्ताहरु लाई बुझाए ।

जिल्लामा पछिल्लो केही दिन यता बजार क्षेत्रमा अनुगमन गरिदै आइएको छ । यद्यपि कोरोना माहामारिको दोस्रो लहरका कारण गत बैशाख २० गतेदेखि  जेठ  ३१ गते सम्म जिल्लाभर निशेधाज्ञा जारी रहेको छ ।
ढाकावाङ र धारापानीमा प्राय पसलहरुले म्याद सकिएका तथा बिना मुल्य सुची सामाग्री बिक्री गर्दै

अन्य समाचारहरु