ठुलापोखरामा एमालेको अन्तरक्रिया कार्यक्रम सम्पन्न | राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गैरे एमालेमा प्रवेश

ठुलापोखरामा एमालेको अन्तरक्रिया कार्यक्रम सम्पन्न | राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गैरे एमालेमा प्रवेश


दिपक भुसाल 

ठुलापोखरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर -६ ठुलापोखरामा नेकपा एमालेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  


ठुलापोखरामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अर्घाखाँची जिल्ला सदस्य नेत्रप्रसाद गैरे नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।


छत्रदेव गाउँपालिका कमिटीका अध्यक्ष समेत रहनु गैरे लामाे समय देखि मसालकाे जिल्ला कमिटी सदस्य रहि काम गर्नु भएकाे थियाे ।  उहालाई नेकपा एमालेका केन्द्रीय सचिव टाेपबहादुर रायमाझीले अबिर र माला लगाइ पार्टीमा स्वागत गर्नु भएकाे थियाे पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पार्टी इन्चार्ज उज्ज्वल खडका ,केन्द्रीय सदस्य तथा पार्टी अध्यक्ष चेतनारायण आचार्य ,पार्टीका लुम्बिनी प्रदेश सदस्य पिताम्बर भुसाल ,प्रकाश ज्ञवाली ,सन्धिर्खक नगर उपाध्यक्ष शिव अधिकारी ,पत्रकार दिपक भुसाल लगायत स्थानीय पार्टी कमिटी सदस्य  लागाएत स्थानीयहरुकाे उपस्थिति रहेकाे थियाे । 

  नेकपा एमाले प्रबेश गर्दै गैरेले  राष्ट्रिय जनमोर्चाले कम्युनिस्ट सरकार ढालेर राष्ट्रघाति दलालको समुहमा सामेल भई गठबन्धन गर्दै हिडेको भन्दै कम्युनिस्ट आन्दोलनको मुल प्रवाह नेकपा एमालेमा प्रवेश गरेको बताउनुभएकाे थियाे । भने अबकाे चुनावमा छत्रदेवलाई एमालेकाे लालकिल्ला बनाउन सम्पुर्ण पार्टीका साथीहरुकाे सहयोगबाट आफुले सक्दाे प्रयास गर्ने प्रतिवधता व्यक्त गर्नु भएकाे थियाे । 


कार्यक्रममा वक्ताहरूले मन्तव्य राख्दै बिकास र समृद्धिको निम्ति नेकपा एमालेको बिकल्प अरु कुनै पनि पार्टी नभएको बताउनुभएको थियो ।

अन्य समाचारहरु