संसद अधिवेशन वैशाख २७ गते दिउँसाे १ बजेका लागि आह्वान

संसद अधिवेशन  वैशाख २७ गते दिउँसाे १ बजेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते दिउँसाे १ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छन्।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन सिफारिस गरेसँगै राष्ट्रपतिले आह्वान गरेकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि संसद अधिवेशन बोलाउने निर्णय मन्त्रिपरिषदले गरेको थियो। 

पछिल्लो समय नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेको छ भने नेपाली कांग्रेसलगायत दलहरूले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका छन्।

यस्तो तयारीबीच प्रधानमन्त्री ओलीले विश्वासको मत लिने गृहकार्य गरेका हुन्। सेटोपाटीमा समाचार छ । 

अन्य समाचारहरु