लुम्बिनीमा चहलपहल, बाह्य पर्यटकहरुको आउने क्रम बढ्दो

लुम्बिनीमा चहलपहल, बाह्य पर्यटकहरुको  आउने क्रम बढ्दो

प्रदिप आचार्य इमेज च्यानल 

बुटवल । कोरोनाको जोखिम कम हुँदै जाँदा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मानिसहरुको चहलपहल हुन थालेको छ । लामो समयसम्म घरमा बसेर थाकेका स्थानीय तथा बाह्य पर्यटकहरुको लुम्बिनी आउने क्रम बढ्दो छ । कोरोना संक्रमणका कारण महिनौं ठप्प रहेको लुम्विीनीमा हाल दैनिक स्थानीय तथा बाह्य पर्यटक गरी करिव चार सय पर्यटक आउने गरेका छन् ।

बुद्धस्थल लुम्बिनीबाट सजिले हिमाली श्रंखलाको दृश्यावलोकन पनि गर्न सकिन्छ । विहानदेखि नै हिमाल ,पहाड र तराईको सुन्दर दृश्य अवलोकन गर्दै पर्यटकहरुले शान्तिको मुहान लुम्बिनीमा मज्जा लिन थालेका छन् ।

लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलको निमार्ण कार्यमा ढिलाई भएसंगै प्रसार प्रसारको कमीका कारणले लुम्बिनी आउने पर्यटकको संख्यामा कमी आएको स्थानीय नागरिक अगुवा अकरम खानले बताउनुभएको छ ।

शान्तीको मुहान लुम्बिनीमा घुमघामका लागि मात्र नभई ध्यान र मनशान्तिका लागि पनि मानिसहरु पुग्ने गर्छन । बौद्ध धर्मलाम्बीहरुले जिवनमा एकपटक लुम्बिनीमा गए पाप नाश हुने मान्यता राख्छन ।

लुम्बिनी गुरुयोजनाले लुम्बिनी भ्रमणको विधि समेत व्याख्या गरेको छ । ११ सय ५५ विगाहा क्षेत्रफलमा फैलिएको लुम्बिनीलाई ४ भागमा विभाजन गरेर त्यसको महत्व दर्शाउंदै लुम्बिनी घुम्ने विधि बनाइएको छ । यसबाट पनि आन्तरीक तथा बाह्य पर्यटकलाई लुम्बिनी भित्राउन सकीने लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाटीले बताउनु भएको छ ।

कोरोना संक्रमण केहि सामान्य भएको अवस्थामा पनि पर्यटक भित्र्याउन लुम्बिनी विकास कोषले भने खासै ध्यान दिएको पाईएको छैन । त्यस्तै होटल व्यवसायीहरुले पनि पर्यटकलाई लक्षीत गरी विभिन्न प्याकेजहरुको व्यवस्था गरे ठूलो संख्यामा पर्यटकहरु भित्रिनसक्ने देखिन्छ ।

अन्य समाचारहरु