बाँगीका धन बहादुर खड्का कतारबाट काठको बाकसमा आईपुगे | मालारानी शोकमा डुब्यो

बाँगीका धन बहादुर खड्का कतारबाट काठको बाकसमा आईपुगे | मालारानी शोकमा डुब्यो


अर्घाखाँचीडट्कम संवाददाता  

बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । रोजगारीको सिलसिलामा कतारमा निधन भएका अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीको अल्सामारी कोहराका धन बहादुर खड्काको शब काठको बाकसमा नेपालमा आईपुगेको छ । 


अखिल भारत नेपाली एकता मंच भारत केन्द्रिय सचिब आरबी खड्काले अर्घाखाँचीडट्कमलाई बताए अनुसार; "खड्काको शब काठको बाकसमा कतारबाट राजधानी काठमाडौंमा अस्ती आईपुगेको हो । र हिजो अर्घाखाँचीमा ल्याई बाँगी खोलाको सिखरेमा अन्त्यष्टी गरिएको थियो ।"     

३२ वर्षिय खड्काको गत जुन १५ तारिखका दिन हृदयघात भइ उपचारको क्रममा निधन भएको थियो । मृत खड्का बिगत ८/९ वर्षदेखि कतारमा कार्यरत रहेका थिए ।

उता बाबु आमालाई दशैंमा घर आउँछु भनेका खड्काको १५ महीना ९ दिनमा  नभन्दै काठको बाकसमा फर्किएपछि  मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगी शोकमा डुभेको छ ।  

खड्काको घरमा बुवा, आमा,  श्रीमती सानी ५ बर्षकी छोरी र ११ बर्षको छोरा  रहेका छन् । परिवारको आर्थिक अवस्थ्या सार्है नै दयनिय रहेको छ । 

नेपाली दूतावास दोहा कतार  काठमाडौंदेखि निःशुल्क गाड़ी लगायत सबै ब्यबस्था गरेको थियो ।  


अन्य समाचारहरु