अर्घाखाँची सेवा समाज कतारद्धारा रगत मागेर बाचेका ढाकावाङका अनुजलाई आर्थिक सहयोग

अर्घाखाँची सेवा समाज कतारद्धारा रगत मागेर बाचेका ढाकावाङका अनुजलाई आर्थिक सहयोग


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची सेवा समाज कतारले (थालेसिमिया ) रोग बाट पीडित नावालक अनुज खनाललाई आर्थिक सहयोग गरेको  छ ।
 

अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका २ नं. वडा ढाकाबाङ्ग निवासी बिष्णु प्रसाद खनाल र शाबित्रा खनालको ४ बर्षिय सन्तान अनुज खनाललाई जन्मेदेखी नैँ थालेसिमिया( आफ्नो सरिरले रगत उत्पादन गर्न नसक्ने) रोग लागेको कारणले अरुको रगतलाई किनेर बाँच्नु पर्ने अबस्था रहेको छ ।

बालकको उपचारको निम्ति ठुलो धनरासी आबस्यक पर्नेहुँदा पीडितको तर्फबाट  सहयोगको निम्ति आग्रह आएपछि समाजले कतारमा रहेका जिल्लाबासीहरुको सहयोगमा नेपाली रुपैयाँ २१०६० / अक्षरुपी एक्काइस हजार साठि रुपैयाँ सहयोग हस्तान्तरण गरिएको सस्थाका कोषाधक्ष नेत्र आचार्यले जानाकारी गराए । 

पीडितलाई थोरै भएपनी आर्थिक सहयोग पुगोस भन्ने उद्देश्यले समाजले उक्त रकम सहयोग गरेको र आगामी दिनमा पनि जिल्लाबासीको निम्ति आर्थिक नैतिक तथा भौतिक रुपमा एककदम अगाडी बढ्दै साथ सहयोग गर्ने सस्थाका अध्यक्ष टेकराज थापाले बताए ।

त्येस्तै केहिदिन पहिला पनि भुमिकास्थान नगरपालिका ३ साविक धारापानी ठुलाखर्क निवासी राम बहादुर सुनारलाई आर्थिक  सहयोग गरेको थियो ।

बालकको स्वास्थ्यमा छिट्टै सुधार होस र उज्वल भबिस्यको कामना सहित सहयोगी मनहरुलाई अर्घाखाँची सेवा समाज कतारले धन्यवाद व्यक्त गरेको छ ।

अन्य समाचारहरु