सन्धिखर्कबाट एक महिला ३ दिनदेखि बेपत्ता

सन्धिखर्कबाट एक महिला ३ दिनदेखि बेपत्ता


अर्घाखाँचीडट्कम संवाददाता  

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट एक महिला बेपत्ता भएकी छिन् । 


सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ की सुस्त मनस्थिति भएकी ३८ वर्षिया रुम कला रायमाझी (माकुरी) बुधवारबाट बेपत्ता भएकी हुन् । 

माकुरी भनेर चिनिने रुम कला मंसिर १ गते बुधवार बिहान ७ बजेदेखि संपर्कमा छैनन् । 

उनलाई परिवारले सबै ठाउँमा खोजे पनि फेला पार्न सकेको छैन् । ३ दिन बितीसक्दा पनि संपर्क नआएपछि परिवारले प्रहरीमा खोजिदिन अनुरोध गरेको छ । साथै कसैले देखेमा 9869432620, 9867401946 सम्पर्क गरिदिनु परिवारले अनुरोध गरेको छ । 

अन्य समाचारहरु