युएईका नेपाली महिलाले प्रगतिशील तिजी कार्यक्रम आयोजना गरी मनाए

युएईका नेपाली महिलाले प्रगतिशील तिजी कार्यक्रम आयोजना गरी मनाए

ç

केपी बिरही

युएई । वैदेशिक रोजगारीको शिलशिलामा युएई पुगेका नेपाली महिलाहरूले तिज पर्वलाई प्रगतिशील सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएका छन् । युएई नेपाली एकता समाज महिला विभाग केन्द्रीय समितिको आयोजनमा प्रगतिशील तिजी कार्यक्रम आयोजना गरिएको हो ।

नेपाली महिलाहरुले प्रगतिशील सांस्कृतिक कार्यक्रम गरी तिज पर्व मनाउनुका साथै सकारात्मक सन्देश दिएका थिए । कार्यक्रममा रक्तिम कलाकार र महिलाहरुले देशको बर्तमान अवस्था, संघीयता, एमसीसी लगाएत भ्रष्टाचार र बलात्कारको विरुद्ध विभिन्न गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमका युएई नेपाली एकता समाजका वरिष्ठ सल्लाहकार लेखनाथ अधिकारीले विभिन्न चाडपर्वहरुको सार र मर्ममाथि प्रकाश पार्दै यी पर्वहरुले नेपालीका बिचमा एकता र भातृत्वको भावना जागृत गर्ने भएकोले एकता समाजले यी पर्वहरुलाई प्रगतिशील रुपमा मनाउँदै आएको बताउनुभयो ।

उहाँले एक्काइसौं शताब्दीमा आउँदा पनि महिलाहरुका समस्या अझ बढेर गएका छन् भन्दै महिलामुक्ति आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोडेर लैजानु पर्ने बताउनुभयो ।

साथै उहाँले देशको बर्तमान अवस्थाहरुको चर्चा गर्दै अहिलेको महागठबन्धनको सरकारले एमसीसी सदनबाट पास गराउने दाउ खेलिरहेकोले उक्त राष्ट्रघाती कार्य रोक्न आआफ्नो ठाउँबाट सरकारलाइ कडा दबाब दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा युएई नेपाली एकता समाजका संस्थापक सदस्य कृष्ण भुसाल, समाजका केन्द्रीय सदस्य चुडामणी शर्मा, एकता समाज केन्द्रीय सदस्य तथा रक्तिम विभाग इन्चार्ज राम अविरल (चित्र सुनार), समाजका पूर्वमहासचिव प्रेमराज भन्डारी, एकता समाज केन्द्रीय सदस्य तथा रक्तिम अभियानकी मिना घिमिरे, एकता समाज दुबई क्षेत्रबाट शिवराज तिमिल्सिना, बागलुङ सेवा समाजबाट कलाधर सापकोटा, सैनामैना सेवा समाजबाट केशव ढकालसहित जानुका खनाल, दुर्गा नेपाली चेली, अम्बिका घिमिरे र इश्वर थापाले शुभकामना दिनुभएको थियो ।

महिला विभागका अध्यक्ष बीनु केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव नीरु शर्माले सन्चालन गर्नुभएको थियो भने उहाँलाई एकता समाजका केन्द्रीय सदस्य खुमराज पौडेलले सहयोग गर्नुभएको थियो । समितिका सहसचिव पार्वता केसीले शब्दबाट तथा कलाकारहरुले गीत संगीतद्वारा स्वागत गर्नुभएको थियो ।
युएईका नेपाली महिलाले प्रगतिशील तिजी कार्यक्रम आयोजना गरी मनाए

अन्य समाचारहरु