ढिकुरामा वार्ड स्तरीय युवा क्लब गठन, अध्यक्षमा राजन ढेगा मगर चयन

ढिकुरामा वार्ड स्तरीय युवा क्लब गठन, अध्यक्षमा राजन ढेगा मगर चयन


पारस भट्टराई

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं ९ ढिकुरामा वार्ड स्तरीय युवा क्लब गठन गरिएको छ।


ढिकुरामा आज सोमवार वार्ड कार्यालयबाट वार्ड स्तरीय युवा क्लब गठन गरिएको हो । 

९ नम्बर वार्ड भित्रका बिधालयबाट र सोही वार्डका १६ देखि २४ बर्ष भित्रका पुरुष र महिलाको सक्रियतामा १५ जनाको नयाँ समिति चयन भएको छ। जसको अध्यक्षमा राजन ढेगा मगर, उपाध्यक्ष- मुना खनाल, सचिव- दिपक मरासिनी, कोषाध्यक्ष- बसन्त राना, सदस्यहरुमा क्रमश सुनिता पोख्रेल - कुम बहादुर बरौले - सिर्जना पोख्रेल - सुप्रभा घिमिरे -बाबुराम राना -पारस भट्टराई - भावना वि.क -  निशा खनाल - सरोज के.सी - डिल बहादुर खासु - मिनकला रोकाहा लगायत रहेका छन् । 


उक्त कार्यक्रममा वार्ड अध्यक्ष नारायण खनाल, वार्ड सदस्य देबि प्रसाद पोख्रेल, वार्ड कर्मचारी गणेश प्रसाद पोख्रेल र समाजसेबी मोतिराज भट्टराई,गिरीराज घिमिरे लागायत झन्डै ५५ जनाको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो । 

अन्य समाचारहरु