छत्रदेव गाउँपालिकामा सबैभन्दा कम ३३ लाख ७ हजार रुपैयाँ मात्र अनियमितता

छत्रदेव गाउँपालिकामा सबैभन्दा कम ३३ लाख ७ हजार रुपैयाँ मात्र अनियमितता


लक्ष्मण घिमिरे | राजन महत्रा

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाका ६ स्थानिय तहमध्ये छत्रदेव गाउँपालिकामा सबैभन्दा कम अनियमितता देखिएको छ । 


विकास निर्माणमा अब्बल देखिएको छत्रदेव गाउँपालिका सुशासनमा पनि पहिलो बनेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा अर्घाखाँचीका ६ स्थानिय तहमध्ये छत्रदेव गाउँपालिका सबैभन्दा कम बेरुजु गर्ने गाउँपालिका बन्न सफल भएको हो । जिल्लाका सबै स्थानीय तहमा देखिएको बेरुजुमध्ये छत्रदेव गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको हो ।

वित्तिय प्रतिवेदन सूचकले छत्रदेव गाउँपालिकामा सबैभन्दा कम बेरुजु भएको देखाउँछ । लेखा परीक्षण हुँदा छत्रदेवमा ३३ लाख ७ हजार मात्र बेरुजु देखिएको छ । ९४ करोड ३२ लाख ७७ हजार कुल रकम मध्ये ३३ लाख ७ हजार बेरुजु देखिएको प्रतिवेदन सार्वजनिक भएको छ । गाउँपालिकाको कुल रकमको ०.३५ प्रतिशत रकम बेरुजु आएको हो । ‘हाम्रो शुन्य बेरुजुमै झार्ने लक्ष्य हो, गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले भने,‘त्यो दिशामा हामी छौं भन्ने पुष्टी भएको छ । यसलाई थप व्यवस्थित गर्ने छौं ।




जिल्लाका  स्थानीय तहहरूमा ६ करोड ३९ लाख ३० हजार रूपैयाँ बेरूजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रवार सार्वजनिक गरेको ५८ ‍औं वार्षिक प्रतिवेदन अनुसार अर्घाखाँचीका ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तहमा उक्त रकम बेरूजु देखिएको हो। महालेखाले अर्घाखाँचीका स्थानीय तहमा कुल ७ अर्ब १ करोड ५९ लाख ८८ हजार रूपैयाँको लेखा परीक्षण गरेको थियो ।

भुमिकास्थानमा सबैभन्दा बढी बेरूजु

स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कन ९ीक्ष्क्ब्० मा अर्घाखाँचीका स्थानीय तहहरू मध्येमा ३५ अंकका साथ सबैभन्दा कमजोर देखिएको भुमिकास्थान नगरपालिकाको बेरूजु अर्घाखाँचीका स्थानीय तहहरूमा सबैभन्दा बढी देखिएको हो । महालेखा परीक्षकको कार्यालयले उक्त नगरपालिकाको १ अर्ब ५ करोड ३४ लाख ७३ हजार रुपैयाँ रकम लेखा परीक्षण गर्दा २ करोड ५८ लाख ९ हजार बेरूजु महालेखापरीक्षणको ५८ औं वार्षिक प्रतिवेदनले देखिएको छ । जुन कुल परीक्षण रकमको २।०५ प्रतिशत हुन जान्छ ।



त्यस्तै, ६ स्थानीय तह रहेको अर्घाखाँचीमा पाणिनी गाउँपालिकाको ७० लाख १४ हजार रुपैयाँ, मालारानी गाउँपालिकाको १ करोड ३८ लाख १२ हजार रुपैयाँ, शितगंगा नगरपालिकाको १ करोड १६ लाख ५२ हजार रुपैयाँ र सन्धिखर्क नगरपालिकाको ६५ लाख ५६ हजार रुपैयाँ बेरूजु महालेखापरीक्षणको ५८ औं वार्षिक प्रतिवेदनले औंल्याएको छ । समग्रमा अर्घाखाँचीका स्थानीय तहहरूको कुल बेरूजु ६ करोड ३९ लाख ३० हजार रुपैयाँ देखिएको छ । जुन कुल परीक्षण रकमको ०.९१ प्रतिशत हो ।

अन्य समाचारहरु