सोमबारबाट लोडसेडिङ सातामा ६ घण्टा घट्ने तालिकासहित

सोमबारबाट लोडसेडिङ सातामा ६ घण्टा घट्ने तालिकासहित
२० फागुन, काठमाडौं । नेपाल बिद्युत प्राधिकरण लोडसेडिङ सातामा ६ घण्टा घटाउने भएको छ । सोमबारबाट लागू हुने गरी लोडसेडिङ सातामा ६२ घण्टामा झार्न लागिएको विद्युत प्राधिकरण भार प्रेशण केन्द्रका प्रमुख चिरन्जिवी शर्माले जानकारी दिनुभयो ।

कुलेखानीमा पानी जम्मा भएको र चुहावाट नियन्त्रणका कारण लोडसेडिङ घटाउन सकिएको प्राधिकरणले बताएको छ । नदीहरूमा पानीको मात्रा घट्नेक्रममा रहेको भए पनि प्रवेशिका परीक्षालाई दृष्टिगत गरी लोडसेडिङ घटाइएको हो । हाल सातामा ६८ घण्टा लोडसेडिङ हुँदै आएको छ ।

परिवर्तित तालिकाअनुसार हप्तामा दुई दिन दुई पटकमा गरेर १० घण्टा, दुई दिन साढे नौ घण्टा, दुई दिन साढे आठ घण्टा र एक दिन छ घण्टा विद्युत् आपूर्ति हुँदैन ।

विद्युत प्राधिकरणका अनुसार विद्युत चुहावट हुने क्षेत्रमा भने थप विद्युत कटौती हुने भने औद्योगिक फिडरहरु भएको क्षेत्रमा दैनिक ११ घण्टा विद्युत कटौती हुनेछ ।

अन्य समाचारहरु