बारामा ७६ वर्षीया वृद्धालाई मकैबारीमा बलात्कार गरेको आरोपमा युवक पक्राउ

कोहल्बी नगरपालिका

 जिल्ला प्रहरी कार्यालय बाराले जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जिल्लाको कोहल्बी नगरपालिका–८ का ३९ वर्षीय दलबहादुर लामा रहेका छन् ।

लामाले गत आइतबार एक ७६ वर्षीया वृद्धालाई मकैबारीमा बोलाइ जबरजस्ती करणी गरेको उजुरी आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

लामालाई ५ दिनको म्याद अनुमति लिइ हिरासतमा राखेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । - इमेजखबरबाट

अन्य समाचारहरु