भारतको लुधियाना, पजांब शहरमा अलपत्र परेमा आफुलाई सम्पर्क गर्न पाण्डेको आग्रह

भारतको लुधियाना, पजांब शहरमा अलपत्र परेमा आफुलाई सम्पर्क गर्न पाण्डेको आग्रह


केशब राज ज्ञवाली 

लुधियाना, भारत (अर्घाखाँचीडट्कम) । बिश्वब्यापी रुपमा फैलिएको कोभिड दोस्रो लहरबाट छिमेकी राष्ट्र भारत र नेपालको स्वास्थ प्रणाली नै अस्तब्यस्त भएको बेला भारतमा रोजगारी गर्न गएका नेपालीहरु स्वदेश फर्कने क्रम बढ्दो छ ।


भारत र नेपाल दुबै तर्फ निशेधआज्ञा  लकडाउनको शृङ्खला पनि शुरु भैसकेको छ । यस्तो  विषम परिस्थितिमा कतिपय नेपालिहरु चाहेर पनि आफ्नो जन्मभुमी फर्कन सकेका छैनन । खासगरी सवारी समस्याका कारणनै उनिहरु नेपाल आउन नसकेका पनि छन ।

यदि कोहि नेपाली भारतका लुदियाना , पंजाब , जालन्धर , पटियाला , चण्डिगढ लगायतका शहरमा अलपत्र परेमा आफुलाइ सम्पर्क गरे सुरक्षित रुपमा जन्मभुमिसम्म ल्याइदिने प्रतिबद्धता नेपाल -भारत बस सेवा संचालन गरिरहेका युवा कमल पाण्डेले गरेका छन ।

न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल्सका संचालक  पाण्डेले  कोभिडको पहिलो लहरमा पनि थुप्रै अलपत्र नेपालिहरुलाइ आफ्नै खर्चमा स्वदेश ल्याउने काम गरेका थिए । अहिलेको यो विषम परिस्थितिमा पनि उनले दुख पाएकालाइ सहयोग गर्न आतुर रहेको बताएका छन ।

जो कोहि पनि भारतमा अफ्ठेरोमा परे आफ्नो फोन :- 7347584486 / 9653665786/ 7347584476 मा सम्पर्क गर्न उनको अनुरोध रहेको छ ।

अन्य समाचारहरु