सितापुरको झिर्‍रामा अन्तर वार्ड स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न, भूमिकास्थान प्रथम

सितापुरको झिर्‍रामा अन्तर वार्ड स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न, भूमिकास्थान प्रथम


अर्घाखाँचीडट्कम संवाददाता 

सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरको झिर्‍रामा अन्तर वार्ड स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । 


झिरा युवा क्लबको आयोजनामा सितापुरको झिर्‍रामा आईतबार अन्तर वार्ड स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको हो । भलिबल प्रतियोगितामा भूमिकास्थान नगरपालिका प्रथम, आयोजक टिम झिरा युवा क्लब दोस्रो र पाणिनी तेस्रो भएको छ । 

भलिबल खेलमा १५ टिमको सहभागी थियो । विजयीलाई नगर प्रमुख सुर्य प्रसाद अधिकारीले पुरस्कार गर्नु भएको थियो । 


कार्यक्रमलाई सहयोग गर्ने दाताहरुमा प्रथम पुरस्कार नगर प्रमुख सुर्य प्रसाद अधिकारिले प्रायोजक गर्नु भएको थियो भने द्वितीय पुरस्कार महाभारत स्टोरका प्रोपाइटर राजेन्द्र केसिले सौजन्य गर्नु भएको थियो,तृतीय पुरस्कार निमार्ण व्यावसायि नारायण बेल्बासेले सौजन्य गर्नु भएको थियो। तेस्तै ब्यबस्थापनमा खर्चमा वार्ड न ३ का अध्यक्ष हेमनाथ भुषालले रु-५०००,वार्ड न ४ का अध्यक्ष दामोदर अधिकारीले रु-३००० कार्यपालिका सदस्य राम् बहादुर दर्नालले रु-५००० तेस्तै सिल्ड मेडल सौजन्य सिवराम सुनचादी पसल अमराईले गरेको थियो । यस्तै खेलाडीलाई १० थान जर्सी सौजन्य भुनपा युवानेता तरुण दलको अध्यक्ष राज कुमार श्रेष्ठले गर्नु भएको थियो । साथै  ४ थान भलिबल १ थान नेट सौजन्य पाणिनी गाउँपालिका नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेलले गर्नु भएको थियो । 

अन्य समाचारहरु