जुकेनामा आगलागी हुँदा २ जना घाइते

जुकेनामा आगलागी हुँदा २ जना घाइते

२०७८ चैत्र १०, विहीवारमा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता 

जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर - ५ जुकेनामा आगलागी हुँदा २ जना घाइते भएका छन् । भने लाखौ रुपैयाको क्षति भएको छ ।   

जुकेना गल्दाका धन बहादुर बिक र मधु विकका२ घरमा आगलागी हुँदा २ जना घाइते भएका हुन् ।  

साथै आगो नियन्त्रण लिने क्रममा छिमेकी फर्स वहादुर विक र हुमा घिमिरे घाइते भएका छन । हुमा घिमिरेलाई उपचारको लागि बुटवल पठाईएको छ ।  साथै   घर जलेर पुरै नष्ट भएको छ ।  

आगलागीमा ८ लाख  रुपैया बराबरकाे क्षति भएको छ ।   स्थानिय लगायतकाे सक्रियतामा आगाे नियन्त्रणमा आएकाे थियाे ।

अन्य समाचारहरु