ढाकावाङमा १०० जनाले कोरोना बिरुद्धको खोप लगाए

ढाकावाङमा १०० जनाले कोरोना बिरुद्धको खोप लगाए


टेकराज भुसाल

ढाकावाङ, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ काे ढाकावाङ्गमा दोस्रो चरण अन्तर्गत ६२ देखि ६४ बर्षसम्मका १०० जना जेष्ठ नागरिकलाई कोरोना खोप दिइएको छ ।

ढाकावाङ्ग स्वास्थ चाैकिकाे खाेप केन्द्रमा गएर वृद्ध वृद्धाहरुले कोरोना खोप लगाएको ढाकावाङ्ग स्वास्थ चाैकीले जनाएको छ।

बिहिवार र शुक्रबार गरि ६२ देखि ६४ बर्ष सम्मका १०० जना जेष्ठ नागरिकलाई कोरोना खोप दिइएको हो।

अन्य समाचारहरु