सन्धिखर्कको बिहारा बजारमा अब सिसिटिभी क्यामेरा

सन्धिखर्कको बिहारा बजारमा अब  सिसिटिभी क्यामेरा


अनिल नेपाली

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिर्भनाले बिहारा बजारमा अपराध नियन्त्रण गर्ने उदेश्यले आज एक कार्यक्रमका बीचमा सिसिटिभी क्यामेरा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा प्रहरी नायब उपरिक्षक अम्मर बहादुर थापा क्षेत्रीलाई हस्तान्तरण गरेको छ । 


हस्तान्तरण कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले प्रविधिको उच्चतम प्रयोग गरेर अपराध नियन्त्रणलाई न्युनिकरण गनुपर्ने बताउदै नगरपालिकाले बजारमा अपराध नियन्त्रण गर्नको लागि सिसिटिभी क्यामेरा जडानलाई तिब्रता दिने बताए । 


कार्यक्रममा प्रहरी नायब उपरिक्षक अम्मर बहादुर थापा क्षेत्रीले अपराध नियन्त्रण गर्नको लागि सिसिटिभी क्यामेराले ठुलो सहयोग गर्ने बताउदै अपराध लाई न्युनिकरण गर्नको लागि अरु स्थानीय तहले पनि थालनी गर्नेपर्ने बताए । 


कार्यक्रममा वडा न १२ का अध्यक्ष नारायण खड्काले अपराधलाई न्युनिकरण गनु सबैको दायित्व भएकोले यसमा सबैले सहयोग गनुपर्ने बताए । कार्यक्रममा नेकपा समाजबादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान लगायतको उपस्थिति रहेको थियो । 

अन्य समाचारहरु