अर्घाखाँची घर भएका कलाकार जीवन परियार र सुनितामीको “नगरिस्यो कर” तीज गीत सार्वजनिक

अर्घाखाँची घर भएका कलाकार जीवन परियार र सुनितामीको “नगरिस्यो कर” तीज गीत सार्वजनिक


अर्घाखाँचीडट्कम संवाददाता

काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको डिहीडाँडाका जीवन परियार र सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ कुर घर भएकी सुनितामी परियारको आवाजमा “नगरिस्यो कर” बोलको तीज गीत सार्वजनिक भएको छ ।


काठमाडौंमा आफ्नो कर्मथलो बनाएका कलाकार द्वयको  “नगरिस्यो कर” तीज गीत सुनितामी परियारको आधिकारिक युटुब मार्फत सार्वजनिक भएको हो ।

गीतमा जीवन परियार र सुनितामी परियारको आवाज तथा लय जीवनकै छ । यस्तै शब्द सिर्जना सुमन स्रापित एरेन्ज कृष्ण लामिछाने रहेको छ । भने गीतको रेकर्डिङ मंगलम स्टुडियोमा भएको थियो।

यस्तै गीतमा प्रकाश क्षेत्रीको निर्देशन, प्रवीन थापाको कोरियोग्राफी, नवराज घिमिरेको छायांकन, वीर बहादुर थारूको सम्पादन रहेको छ । साथै अभिनय सन्ध्या सानू र डोर्ण केसीको रहेको छ । “नगरिस्यो कर” तीज गीतमा विशेषगरी मौलिकतालाई बचाउन खोजिएको छ।


अन्य समाचारहरु