नारी (कविता)

नारी (कविता)

आलिशा पोखरेल

नारी वेद र भेदमा भरिएको पाेकाे छ 
त्याे खाेल्दछु,
यी अन्याय बिलाप लाै अति भयाे
साँचाे कुरा बाेल्दछु।

कहिले निर्मला बलात्कार त
कहिले मुस्कान एसिड प्रहार
अझै कति बाच्नु पर्ने हो कुन्नी डराएर ।

जताततै पापै पाप 
छैन कतै धर्म ,
नारीको पिडा ,वेदना 
बुझ्छ र कस्ले मर्म!